Aamsanchar

बिर्तामोडले नगर विकास योजना पुस्तक सार्वजनिक गर्यो 

Author Image
सोमवार, भदौ २५, २०८०

बिर्तामोड ।  झापाको बिर्तामोड नगरपालिकाले  आर्थिक बर्ष २०८०/०८१ को नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । नगरले सोमवार (आज) बिर्तामोड नगरपालिकाको सभा हलमा नगरसभाको विशेष अधिवेशनबाट पुस्तक सार्वजनिक गरेको हो ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईँ, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाध्यक्षसहित जनप्रतिनिधिले पुस्तक सार्वजनिक गरेका थिए ।

नगरले सार्वजनिक गरेको नगर विकास योजना पुस्तकमा कृषि उत्पादन र बजारीकरणलाई प्रवर्द्धन गर्दै तरकारी र मासुमा आत्मनिर्भर हुने, सबै नगरवासीलाई सुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने, सबैका लागि गुणस्तरीय शिक्षा उपलब्ध गराउने, पूर्वाधारको विकास गर्दै सुन्दर हरियाली नगर निर्माण गर्ने र रोजगारको सिर्जना गरी आर्थिक विकासमा टेवा दिने बजेटको उद्देश्य रहेको उल्लेख छ ।

सार्वजनिक भएको पुस्तकमा आर्थिक वर्ष २०८०/०८१ का लागि कुल आय व्ययको बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

उक्त बजेटमध्ये आय तर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाँडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदान १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँड १ करोड १९ लाख ७५ हजार रुपैयाँ छ । त्यसैगरी नगरको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट गरी जम्मा ३२ करोड प्राप्त हुने र संघीय सशर्त अनुदान चालुतर्फ २९ करोड ६ लाख तथा पूँजीगततर्फ ३६ करोड ७६ लाख, संघीय विशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)