Aamsanchar

नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झन्डा ओढाए

Author Image
बिहिवार, भदौ २८, २०८०

काठमाडौं – संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएका छन् । बिहीबार पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

त्यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता र विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

गएको मंगलबार बिहान निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)