Aamsanchar

अमेरिकामा विमान उडान प्रतियोगितामा दुई जना चालककाे ज्यान गयाे

Author Image
मङ्गलवार, असोज २, २०८०

संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन्।

‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन्। ुहाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिएु, रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ। विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन।

गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो। सन् २०११मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियोभने अन्य ६० जना घाइते भएका थिए।

‘टेम्केमैयुङ गाउँपालिका पर्यटन र कृषिमा धेरै राम्रो सम्भावना बोकेको गाउँपालिका हो’, उपाध्यक्ष राईले भने, ‘यहाँ धेरै पर्यटकीय क्षेत्र छन्। पर्यटनको सँगै यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ। महभिर झरना एक स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। यसलाई अझ व्यवस्थित बनाउने योजनाका साथ काम गरिरहेका छौँ। मुख्यरूपमा गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा काम भइरहेको उनको भनाइ छ।

यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ। यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आगमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)