Aamsanchar

पार्टीसँग मिलेर बुबाका अधुरो काम पूरा गर्ने सुवासचन्द्र नेम्वाङका छोरा सुहाङकाे प्रतिबद्धता

Author Image
मङ्गलवार, असोज २, २०८०

काठमाडौं – दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले पार्टीसँग मिलेर बुबाका अधुरो काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार इलाममा भएको आफ्नो बुबाको श्रद्धाञ्जलि सभामा उनले यस्तो बताएका हुन्।

उनले इलामवासीको शिर कहिलै ​पनि निहुरिने गरी काम नगर्ने पनि बताए।

उनले भने, ‘राजनीतिमा सक्रिय छैन तर म बुबासँग हुर्केको हुँ। राजनीतिक परिवेशमा म जन्मेको हुँ तर म कदापि ठान्दिनँ, त्यही परिवारमा जन्मेको उसैले अवसर पाउनुपर्छ भन्ने ठान्दिनँ तर राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुबाका सपना‚ अधूरा कार्यहरुमा सामाजिक र कानुन हिसाबले कुन हिसाबले अगाडि बढ्न सकिन्छ यसमा हातेमालो गरौँ भनेर निवेदन गर्न चाहन्छु,म आफ्नो ठाउँबाट गर्नेछु।’

उनले यसका लागि सल्लाह सुझाव पनि मागेका छन्।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर