इलाम,

लागुऔषध ब्राउन सुगरसहित इलाम बजारका एक होटल व्यावसायी पक्राउ परेका छन् ।

इलाम नगरपालिका–२ बसपार्क स्थित भट्टराई होटल एण्ड लज सञ्चालन गर्दै आएका सुनसरी धरान-१३ घर भएका २८ वर्षका अशोक भन्ने केहरसिंह थापा पक्राउ परेका हुन् ।

बिशेष सूचनाको आधारमा प्रहरीले उनको होटलमा छापा मार्दा होटलबाटै एक सय ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पक्राउ परेका थापालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।
Views: 169

