Aamsanchar

भारतको विदेशी मुद्रा सञ्चिति चार महिनायताकै न्यून विन्दुमा

Author Image
आइतवार, असोज ७, २०८०

काठमाडौं – भारतको विदेशी मुद्रा सञ्चिति चार महिनायताकै न्यून विन्दुमा झरेको छ ।

सेप्टेम्बर १५ मा समाप्त भएको भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो । दक्षिण एसियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा चार अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो ।

विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्यून रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)