Aamsanchar

मध्यप्रदेशमा विषाक्त खानाका कारण एक सयभन्दा बढी विद्यार्थी बिरामी

Author Image
बुधवार, असोज १७, २०८०

भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन्।

मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो।

वाकवाकी लाग्ने, पेट दुख्ने र वान्ता भएको गुनासो गरेपछि १८ देखि २५ वर्ष उमेर समूहका ती विद्यार्थीलाई मंगलबार तत्काल सरकारी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका सुपरिटेन्डेन्टका अनुसार गम्भीर अवस्थामा रहेका एक विद्यार्थीलाई भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था स्थिर रहेको छ।

प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)