Aamsanchar

युएईका लागि नेपालका राजदूत क्षेत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Author Image
बिहिवार, असोज १८, २०८०

संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालका महामहिम राजदूत तेजबहादुर क्षेत्रीले बुधबार कासर अल वतनमा आयोजित विशेष समारोहमा संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन ।

ओहोदाको प्रमाणपत्र पेश गरेपछि युएईका राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै युएईका जनताको निरन्तर प्रगतिको कामना गरे ।

राजदूत क्षेत्रीले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मित्र राष्ट्रबीच कायम रहेको द्विपक्षीय सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपाली नागरिकका लागि युएई सबैभन्दा आकर्षक गन्तव्य बनेको बताउदैन अवसर प्रदान गरेकोमा युएई सरकारलाई धन्यवाद दिनुभयो ।

युएईका राष्ट्राध्यक्षले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्ने राष्ट्रपति पौडेलको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गर्नुभएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

३ अक्टोबरका दिन एक कार्यक्रममा राजदूत क्षेत्रीले गार्ड अफ अनर ग्रहण गरेका थिए । राजदूत क्षेत्री २८ सेप्टेम्बर २०२३ मा युएईको लागि नेपालको राजदूतको जिम्मेवारी सम्हाल्न युएई आइपुगेका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर