Aamsanchar

अमेरिकी राष्ट्र्रपतिको कुकुरलाई घर निकाला

Author Image
सोमवार, असोज २२, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो ।

जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं निर्णय भैसकेको छ ।

गत हप्तामात्रै कमान्डरले सेक्रेट सर्भिसका एक कर्मचारीलाई टोक्दा उनको उपचार नै गर्नुपरेको थियो ।

यो कुकुरले हालसम्म ह्वाइट हाउस परिसरका साथै डेलावेरस्थित निवासमा सुरक्षा गार्ड तथा कर्मचारीलाई गरी ११ पटक टोकिसकेको छ ।

प्रथम महिलाकी प्रवक्ता एलिजाबेथ अलेक्जेन्डरले गत बुधबार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्ह्वा-इट हाउसमा काम गर्ने तथा दिनहुँ आफूहरुको सुरक्षा गर्ने व्यक्तिहरुको सुरक्षाप्रति राष्ट्रपति र प्रथम महिला निकै गम्भीर हुनुहुन्छ । उहाँहरु अमेरिकी सेक्रेट सर्भिसका साथै संलग्न सबैको सहयोग तथा धैर्यका लागि कृतज्ञ हुनुहुन्छ र समस्या समाधानका लागि काम भैरहेको छ । कमान्डर अहिले ह्वाइट हाउसभित्र छैन र आगामी कदमबारे मूल्यांकन भैरहेको छ ।

यद्यपि हाल कमान्डर कुकुरलाई कहाँ राखिएको छ अनि भविष्यमा पुनः ह्वाइट हाउसमा फर्किने सम्भावना कति छ भन्ने बारेमा भने उनले खुलाएकी छैनिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर