काठमाण्डौ – विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या एक हजार एक सय नाघेको छ । इजरायलतर्फ सात सय भन्दा धेरै र प्लालेस्टाइन तर्फ चार सय भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।
इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको ठाउँबाट २ सय ६० जनाको शव निकालेका छन् । संगीत महोत्सवमा हमास लडाकुले आक्रमण गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।
संगीत महोत्सवमा शुक्रवार राति अबेरसम्म मानिसहरू नाचेर रमाइरहेका थिए । तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि कोलाहल मच्चिएको थियो । संगीत महोत्सव भएको क्षेत्र गाजासँगको बोर्डर नजिक पर्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 104