Aamsanchar

इजरायलद्वारा गाजा क्षेत्रमा लगातार हवाई आक्रमण

Author Image
बुधवार, असोज २४, २०८०

इजरायलले गए राति पनि गाजा क्षेत्रमा लगातार हवाई आक्रमण गरेको छ। विद्रोही लडाकु समूह हमासका एक प्रवक्तालाई उद्यृत गर्दै बिबिसीले जनाएअनुसार गएरातभर इजरायली हवाई हमलामा परी कम्तीमा ३० जना मारिएका छन्।

उनका अनुसार गाजाका २ सय स्थानमा निसाना बनाएर इजरायलले आक्रमण गरेको थियो। मानव अधिकारकर्मीका अनुसार गाजामा कुनै पनि स्थान सुरक्षित छैन। गत शनिबार सुरु भएको इजरायल–हमास संघर्षमा अहिलेसम्म २१ सयभन्दा धेरैको मृत्यु भइसकेको छ।

१२ सय इजरायली र ९ सय प्यालेष्टिनी मारिएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। ५० जना नागरिकलाई हमास लडाकुले बन्धक बनाएका छन्। दुवै पक्षबाट लगातार आक्रमण जारी छ। आक्रमणमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको इजरायलले दाबी गरेको छ। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका वरिष्ठ सल्लाहकार मार्क रेगेवले बिबिसीसँगको कुराकानीका क्रममा हमासले सुरु गरेको युद्ध अब इजरायलले अन्त्य गर्ने बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर