Aamsanchar

राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गर्ने

Author Image
बुधवार, कार्तिक १, २०८०

विराटनगर – राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा विपक्षी चाहिन्छ, हामी विपक्षीमा बस्छौं,’ राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले भने ।

बुधबार बिहान बसेको नेकपा एमाले र नेपाली कांग्रेस दलको छुट्टाछुट्टै बैठकले विश्वासको मत दिने निर्णय गरेका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले यसअघि नै विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)