[राजु पोख्रेल]
दमक,
डेढ बर्ष अघि स्थागन गरिएको सिङ्गिङ सुपरस्टार तिम्रो र धुन मेरो स्वर प्रतियोगिता पुन सञ्चालन हुने भएको छ।
आन्तरिक प्राविधिक कठिनाई देखाउदै स्थगन गरिएको उक्क्त प्रतियोगिताको आईडल छनौट यहि चैत ३१ गते दमकमा हुने भएको छ।
आयोजना संस्था तोपगाछी फिल्मस प्रा।लि ले दमकमा पत्रकार सम्मेलन गरि स्थगित गरिएको सिङ्खिङ सुपरस्टार को फाईनल प्रतिस्पर्धा पुन शुरु गरिएको कार्यक्रम संयोजक कैलास थापा मगरले जानकारी दिए।
उनका अनुसार फाईनल प्रतिस्पर्धा हुने देशमा भुकम्प लगाएत को प्रविधिक कठिनाईले उक्त प्रतियोगिताको उपाधि चरणका कार्यक्रम निर्धारित समयमा हुन सकेको थिएन ।अब ढिलै भए पनि हामिले उपाधिका लागि सबै तयारी तीव्र बनाएका छौ। कार्यक्रम संयोजक मगरले अव स्थगित भएको आईडल छनौटको प्रतिस्पर्धा हुने छन्। प्रतिस्प्रर्धामा पाँच जना प्रतियोगि फईनल राउण्ड पुगेका छन् ।
फाईनलमा गौरीमान चाम्लिङ, प्रकाश राजवंशी, अनमोल लिम्बु,भक्त विक र रमिला लम्जेल प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धामा विजेताले ५० हजार दोस्रोले २५, तेस्रोले १५ हजार र चौथौले १० हजार सम्म नगद ,ट्रफि तथा प्रमाण पत्र पाउने छन्। प्रतियोगिताका प्रबन्ध निर्देशक अशोक क्षेत्रीले सिङ्गिङ सुपरस्टार उपाधिका लागि सम्पुर्ण तयारी शुरु गरिएको बताए।
त्यस अवसर राष्ट्रिय कलाकारहरु जुना प्रसाई, राजेश पाएल राई, टंक बुढाथोकी , डम्बर नेपाली,सिताराम ताजपुरिया बाद लिम्बु, पदम राई लगायतका कलाकाकारको प्रस्तुती दिनुका साथै साहित्य, कलाकार ,सिने प्रविधिक ,पत्रकारहरु राष्ट्र सेवक कर्मचारी ,सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेत सामुहिक रुपमा सम्मान् गरिने कार्यक्रम रहेको प्रबन्ध निर्देशक क्षेत्रीले जनाए।