Aamsanchar

कतारका राजा नेपाल आउँदै

Author Image
शनिवार, कार्तिक ११, २०८०

काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसको नेपाल भ्रमणलगत्तै कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा जानकारी गराएका हुन् । उनले आफ्नो कुटनीतिक पहलका कारण विशिष्ट व्यक्तिहरुको भ्रमण भइरहेको दावी गरे।

‘उहाँ फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने। सम्भवत कात्तिक २० गते उनी नेपाल आउँदैछन्।

महासचिव गुतेरस आज राति चार दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर