Aamsanchar

सवा लाखको कपडा वरामद

Author Image
आइतवार, चैत ६, २०७३

बिर्तामोड।

इलाका प्रहरी कार्यालय बिर्तामोडले भन्सार छलेर नेपाल भित्र्याइएको कपडा बरामद गरेको छ ।

प्रहरीले वरामद गरेको कपडाको मूल्य एक लाख १२ हजार दुई सय रुपैया वरावरको रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दनुभयो ।

बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको बताइएको छ । प्रहरीले वेवारिसे अवस्थामा पूर्व पश्चिम राजमार्ग अन्र्तगत बिर्तामोड–५ बाट वरामद गरेको थियो ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर