Aamsanchar

संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी

Author Image
बुधवार, कार्तिक १५, २०८०

काठमाडौं – संघीय संसद्को जारी अधिवेशन भोलिदेखि अन्त्य गर्ने तयारी भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको हो ।संघीय संसद् सचिवालय स्रोतले सरकारबाट भोलि अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने आइनसकेको जनाएको छ ।

संघीय संसद्को अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची रहन्छ । यी विषय पनि भोलिको लागि तोकिएको संसद् बैठकको सम्भावित कार्यसूचीमा परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर