Aamsanchar

पूर्वी भेगमा दुईफिट बाक्लो असिना

Author Image
मङ्गलवार, चैत ८, २०७३

राजविराज।

सोमबार बेलुकी वर्षासँगै परेको असिना पानीले गर्दा सप्तरी जिल्लामा लगाइएको विभिन्न बालीमा ठूलो क्षति पुगेको छ ।

जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा अत्यधिक मात्रामा परेको असिनाले पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर, रुपनगर, बक्दुवा, जण्डौल र बरमझियालगायत ठाउँमा करिब दुई फिटसम्म असिना जमेको छ ।

त्यस्तै, वर्षासँगै परेको असिनाले जिल्लामा रहेको आँप, गहुँबाली, मुंगसहित आँपको मुजुरामा ठूलो क्षति पु¥याएको रुपनगरका उत्तम आचार्यले बताउनुभयो । यस्तो असिना करिब २०–२५ वर्षपछि मात्र सप्तरी जिल्लामा परेको बताइएको छ । असिनासँगै परेको पानीले गर्दा जिल्लामा चिसोसमेत बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर