Aamsanchar

पशु बलि निषेध गर्न माग

Author Image
शनिवार, चैत १२, २०७३

काठमाडौँ।

अहिंसा प्राणी शाकाहारी समाजले मन्दिरमा पशु बलि निषेध गर्न माग गर्दै आज कामपा, नक्साल, भगवतीबहालस्थित भगवती मन्दिरमा धर्ना दिएको छ ।

सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध महाचेतना अभियानअन्तर्गत आज त्यस क्षेत्रमा विरोध गरिएको हो । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बलि चढाइने मन्दिरमा चेतनामूलक कार्यक्रम गरी बलि चढाउन आएका भक्तजनलाई सम्झाइबुझाइ गरी फर्काउने काम समाजले सहयोग गरेको छ ।

समाजका अध्यक्ष विकेश श्रेष्ठले मन्दिरमा गरिने पशु हिंसाले सर्वसाधारण मानिसको मनमा चोट पु¥याउने भएकाले त्यसमा प्रतिबन्ध लगाइनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा पशु बलि गर्नेमा देशको कुल जनसङ्ख्याको एक प्रतिशत पनि नरहेको जिकिर गर्दै शान्ति स्थापनाका लागि प्राणी हिंसा बन्द गरिनुपर्नेमा जोड दिनुभयो ।

विसं २०७२ जेठ १६ गते दक्षिणकालीबाट सुरु भएको सो अभियान निरन्तर सञ्चालन गरिने बताइएको छ । देशभर रहेका बलि चढ्ने करिब एक हजार मन्दिरमा धार्मिक गतिविधि गरी अभियान पु¥याइने अभियानकर्मी दुर्गानाथ दाहालले जानकारी दिनुभयो ।

Views: 159

प्रतिक्रिया (०)