Aamsanchar

रोजगारीका लागि दक्षिण कोरिया गएका झापाका एक युवकको मृ*त्यु

Author Image
शुक्रवार, पौष १३, २०८०

झापा – वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका-३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ ।

उनको मृत्युको कारण भने खुलेको छैन । न्यौपाने दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए ।

एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि कोरिया फर्किएका थिए । उनी चार दिनअघि मात्र परिवारको सम्पर्क आएको पारिवारिक स्रोतले जनाएको छ ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर