Aamsanchar

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान

Author Image
शुक्रवार, पौष २०, २०८०

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन्।

मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गएराति मलेसिया गएका हुन्।

कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अध्यक्ष लिङ्देन पुस २४ गते स्वदेश फर्कनेछन्।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर