Aamsanchar

राष्ट्रियसभा निर्वाचन : राप्रपाद्वारा ९ उम्मेदवारकाे टुंगो, कोशीमा उद्धव पौडेल

Author Image
आइतवार, पौष २२, २०८०

काठमाडौं –राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपाले बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको छ । महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङ उम्मेदवार हुनेछन् ।

गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।

लुम्बिनी प्रदेशतर्फ अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राप्रपाका एकएक प्रदेशसभा सदस्य मात्र छन् । त्यसैले समर्थक र प्रस्तावक भए मात्र उम्मेदवारी दिने राप्रपाको तयारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर