Aamsanchar

नेपाल चेम्वर अफ कमर्स झापाको नयाँ समिति गठन, अध्यक्षमा पुन: विमली 

Author Image
सोमवार, पौष २३, २०८०

बिर्तामोड । व्यवसायीहरूको संगठन नेपाल चेम्वर अफ कमर्स झापाको अध्यक्षमा युवा व्यवसायी ओमकृष्ण बिमली  निर्विरोध निर्वाचित भएका छन् ।  सोमबार सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बिमली पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

विमली यस अघि पनि जिल्ला अध्यक्ष थिए । विमलीको  नेतृत्वमा ३ वर्षे कार्यकालका लागि कार्यसमिति समेत चयन भएको हो ।

अध्यक्ष ओमकृष्ण विमली ।

तीन वर्षे कार्यकालका लागि अधिवेशनले बरिष्ठ उपाध्यक्षमा यामनाथ बिमली,  उपाध्यक्षमा  मोहनकुमार मित्तल र प्रदिप खरेल, घनश्याम चौधरी र भिमा शिवाकोटी, सचिवमा विरोध सुवेदी, सह–सचिवमा टंकप्रसाद भट्टराई र उमादेवी भट्टराई (प्रसाई), कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता र्निविरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्य पदमा शीला ढकाल, लक्ष्मी प्रसाद सापकोटा र रोहितकुमार भट्टराईलाई  सर्वसम्मत निर्वाचन भएको निर्वाचन समितिका संयोजक शिवकुमार अग्रवालले जानकारी दिए ।  निर्वाचन समितिमा रोहित काफ्ले र अनिल ढुङ्गाना रहेका थिए ।

साधारणसभा उद्घाटन समारोहमा कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डे,  मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कृष्णचन्द्र काफ्ले, महिला  चेम्वर अफ कमर्स झापा अध्यक्ष प्रेमा भट्टराई, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वि.सं. २०७४ सालमा झापामा  स्थापित संस्थाले व्यावसायिक हकहित, प्रवर्द्धन, व्यावसायिक दक्षता विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको झापा जिल्ला संस्थापक अध्यक्ष सन्तोष अग्रवालले जनाएका छन् ।  ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर