Aamsanchar

स्वास्थ्य चौकी व्यवस्थापनका लागि जोड

Author Image
बुधवार, चैत १६, २०७३

चारआली।

झापाको मेचीनगर १३ र १४ का स्थानीयले स्वास्थ्य चौकी व्यवस्थापनका लागि जोड दिएका छन् । स्वास्थ्य चौकीले संयुक्त वडा कार्यालय मेचीनगर १३ र १४ मा आयोजना गरेको हात्ती पाइले रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उक्त विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुखहरु र सर्वसाधारणले समेत अव्यवस्थित रुपमा सञ्चालनमा रहेको स्वास्थ्य चौकीको व्यवस्थापनमा सबैको ध्यान लाग्नुपर्नेमा धारणा राखेका थिए ।
पुनरसंरचना अघि दुहागढी गाविसको ९ वटै वडाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर तत्कालिन गाविसले व्यवस्थापनमा ध्यान दिएपनि विविध समस्याका कारण कार्यालय व्यवस्थापनमा समस्या देखिएको छ । स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताले जग्गादातासँग समन्वय गर्न संयुक्त वडा कार्यालयका सचिव सुदर्शन बराललाई समेत आग्रह गरेका छन् । कार्यक्रममा नेकपा एमाले मेचीनगर १४ का अध्यक्ष जीवन प्रसाईले स्वास्थ्य संवेदनशील भएकाले स्वास्थ्य चौकीका लागि ७ कठ्ठा जग्गा उपलब्ध गराउने विषयमा कार्यालयले ध्यान पुयाउनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका अध्यक्ष पुष्पराज कार्की, माओवादी केन्द्रका लोकनाथ भट्टराई, बाबुलाल सुब्बा, राप्रपा नेपालका अध्यक्ष बद्री महत, राम प्याकुरेल, पत्रकारद्धय विश्व थापा, प्रकाश उप्रेतीलगायतले स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनका लागि सबैले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा कार्यालय सचिव सुदर्शन बरालले स्वास्थ्य चौकीका लागि जग्गा व्यवस्थापन गर्ने विषयमा सम्भावित जग्गादाता जग्गाधनीसँग छलफल गर्ने बताए ।उनले स्वास्थ्य जस्तो संवेदशनशील विषयलाई ध्यान दिएर उक्त स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनमा आफु लागी पर्ने समेत जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख रामनारायण यादवले कार्यालयको उचित व्यवस्थापन नहुँदा दैनिक रुपमा सेवाग्रहीलाई सेवा दिन समस्या हुने गरेको गुनासो पोखे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर