Aamsanchar

मुख्यमन्त्री कार्कीको गैर आवासीय नेपाली सङ्घलाई आग्रह : नेताहरूलाई मगन्ते नबनाइदिनुहोस्

Author Image
बुधवार, माघ ३, २०८०

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली सङ्घलाई नेताहरूलाई चन्दा दिएर मगन्ते नबनाइदिन आग्रह गरेका छन् ।

गैर आवासीय महासङ्घद्वारा बुधबार आयोजित प्रदेश सरकारलाई रगत संकलन मोबाइल बस हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघले नेताहरूलाई चन्दा दिने काम तत्काल बन्द गरिदिन आग्रह गरेका हुन् । झगैर आवासीय नेपाली संघले प्रविधि र सीप दिने हो, नेतालाई चन्दा दिएर मगन्ते बनाउने होइन, उनले भने, चन्दा दिएर नेता र देश बिगार्नु भन्दा देशको अर्थतन्त्र मजबुत बनाउन उद्योग लगाउनु आवश्यक छ ।ञ

अहिले विदेशमा गएर श्रम गर्न जानेहरूलाई  नयाँ पार्टी र पुराना पार्टीका नयाँ नेताहरूले एयरपोर्टमा फोटो खिचेर अपमान गर्छन् तर उनीहरूसँग नै विदेशमा चन्दन माग्न जाने गरेको प्रति मुख्यमन्त्री कार्कीले आपत्ति जनाएका हुन् । गरीवले विदेशमा महँगो मूल्यमा श्रम बेच्न जाँदा अपमान र हुनेखाने वर्गले आफ्ना छोराछोरीलाई युरोप पठाउँदा सम्म हुने चलन रहेसम्म देश विकास हुँदैन, उनले भने, सबैको आआफ्ना श्रम, सीप र शक्ति हुन्छ । श्रम जहाँ महगो बिक्छ त्यहाँ बेच्न पाउनु पर्छ । वकिलको श्रम सेवा र मजदुरको श्रम मजदुरी हुँदैन । सबै काम बराबर हुन्छ । अपमान गर्नु हुँदैन ।ञ

गैर आवासीय नेपाली संघले प्रविधि र सीप लिएर आए कोशी सरकारले पूँजी दिएर उद्योग स्थापनाका लागि कोशी सरकार तयार रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् ।
कोशी सरकार उद्योग र उद्योगी मैत्री प्रदेश हो, उनले भने, त्यसैले कोशीमा तपाईं सीप र प्रविधि लिएर आउनुहोस् पूँजी सरकारले दिन्छ । उद्योगीको सम्पूर्ण सुरक्षाको जिम्मा कोशी सरकारले लिन्छ ।

सरकार र व्यवसायी साझेदारी भन्न मिल्छ रु भन्दै उनले प्रश्न गरेका हुन् । सरकार विना व्यवसाय र व्यवसाय विना सरकार हुन सक्छ रु मुख्यमन्त्री कार्कीले  भने, व्यवसायीले कर तिरेपछि सरकार सञ्चालन हुन्छ र व्यवसायीको समस्या सरकारले निवारण गर्ने भएको दुबै एक अर्कामा आश्रित छ ।

कुनैपनि देश बन्न साझा एकता चाहिन्छ, विदेशीलाई प्रतिबन्ध लगाएर देश विकास हुन्छ ? भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन् । विदेशबाट आउने कम्पनी र विदेशबाट आउने नेपालीलाई लुटन खोज्ने प्रवृत्ति रहुन्जेल देश समृद्ध नहुने उनको भनाइ थियो ।

किरात सभ्यता यो प्रदेशको पहिलो पहिचान भएको मुख्यमन्त्री कार्कीले बताएका हुन् । यहाँका पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि वार्ता गर्न प्रदेश सरकार तयार छ, उनले भने, छिटोभन्दा छिटो वार्ता गरेर पहिचान पक्षधरको पहिचान स्थापित गराउने योजना कार्यान्वयन गर्नु छ ।

किरात सभ्यता यश प्रदेशको शिर भएकोले त्यसलाई ठाडो राख्ने कोशी सरकारको पहिलो दायित्व भएको मुख्यमन्त्री कार्कीले बताएका छन् । दलका नेताहरूले पहिचान पक्षधरको बारेमा अनेकौं भाषण दिएर आन्दोलन चर्काउने काम हालसम्म मात्रै गरेका छन् तर पहिचान स्थापित गराउन र माग तथा मुद्दा सम्बोधनका लागि कसैले प्रक्रियासम्म अगाडि नबढाएकाले मैले त्यो काम सुरु गरेको छु, उनले भने, पहिचानवादीको पहिचान स्थापित गराउन खुवालुङ, तुवाचुङ, आत्मानन्द, फाल्गुनन्दलगायतको स्थलको विकासका लागि काम अघि बढाएको छु ।

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समृद्धि भएकोले त्यसलाई यहीका वासिन्दाले जोगाउनु पर्ने उनको भनाइ थियो । धरानबाट मान्छे लखेटेर होइन, फकाएर धरानको समृद्धिको यात्रा अघि बढाउनु आवश्यक छ, मुख्यमन्त्री कार्कीले भने, काठमाडौं र धरानबाट फेसन देशले सिक्ने अवस्थामा ह्रास आउनुमा को दोषी ? धरानवासीका कारण धरान पछि परिरहेको विषयमा यहाँका वासिन्दालाई एक पटक सोच्नै पर्ने बेला आएको छ ।ञ

गैर आवासीय नेपाली संघले दिएको यो बस मुख्यमन्त्री कार्कीले रेडक्रस शाखा धरानलाई हस्तान्तरण गर्दै यसको सदुपयोग गर्नु आवश्यक रहेको उनले बताए । कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माएपछि रगत बगेर ज्यान गुमाउने दुःख हेरेर बस सहयोग गरेको छ, उनले भने, अब टेन्ट लगाएर रगत संकलन गर्ने बाध्यता अन्त्य भएर हिँडदा हिँडदै रगत दिने अवस्था भयो । तर यसको सदुपयोगको चिन्ता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर