किताब प्रकाशनको पूर्व सन्ध्यामा आज आफ्नै निजी निवासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अब छिट्टै नेपाल नेवारी किताब प्रकाश गर्ने लेखक खत्रीले बताए ।
अघिल्ला दुई किताब दस/दस वर्ष समय लगाएर लेखेको बताएका खत्रीले नेपाल नेवार दुई वर्षको अध्ययन खोज अनुसन्धान गरेर लेखेको बताएका छन् ।
खत्रीले नीप+आलय, नीपालय, नीपाल हुँदै देशको नाम नेपाल रहन गएको तथ्य पस्केका छन् । नेपाल नामक किताबको औपचारिक विमोचन गरेका खत्रीले नेपाल मण्डल २०७८ सालमा प्रकाशित भएपनि विमोचन भने नभएको बताए । नेपाल मण्डल र नयाँ किताब नेपाल नेवारीलाई एकै साथ विमोचन गर्ने खत्रीले बताएका छन् । उनले राम्रो कुनै संस्थाको संयोजनमा किताब विमोचन गराउने इच्छा राखेका छन् ।
नेपाल र नेपालीको लागि गहकिलो किताब लेखे तर किताबको सही मुल्याङकन र पाठकहरू सँग पुग्न नसक्दा आफ्नो नयाँ पुस्तालाई इतिहासको बारेमा जानकारी दिने इच्छा पूर्ण रुपमा पुरा नभएकोमा दुःख मान्दै पत्रकार भेटघाटका क्रममा लेखक खत्रीले मनको कुरा पोखेका छन् ।
किताब हरेक स्थानीय तह र विद्यालयको पुस्तकालयको लागि उपयुक्त रहेको छ । तर पुस्तकको बारेमा पर्याप्त जानकारी गराउन नसकेकोले अब कुनै संस्थाले किताब बिक्रीको जिम्मा लिए संस्थाको हित हुने गरि किताब बिक्रीको अधिकार सुम्पने सोचमा आफू रहेको खत्रीले बताएका छन् ।
उमेरले एक शताव्दी पुग्न लागेका ९० वर्षीय खत्रीमा अझै पनि नेपाल र नेपालीको बारे इतिहासको चिनो स्वरूपको किताब प्रकाशको अर्को तयारी गरिरहेका छन् । पुस्तक प्रकाशनमा करिब १० लाख रुपैयाँ खर्च भई सकेको उनले बताए ।
लेखक खत्री कुराकानी को क्रममा भनछन । फलाना ठाउँको नाम यस कारण रहेको हो । यो जातिको नाम यसरी रहेको हो, उदाहरण सहित कुरा गर्दा सबै कुराहरू प्रमाणित ठहरिन्छन् । जाति र ठाउँको इतिहास बुझ्न चाहने हरूलाई नालीबेली विस्तारमा सुनाउँछन् खत्री ।
नेपाली नयाँ पुस्तामा किताब पढ्ने संस्कार क्रमश हराउँदै गएकोले अब आफ्ना कृतिहरू डिजिटल माध्यमबाट पनि पाठक समक्ष पुराउने खत्रीको योजना रहेको छ ।