Aamsanchar

वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुगेको छ : मनिषा कोइराला

Author Image
शनिवार, माघ १३, २०८०

काठमाडौँ –कलाकार मनिषा कोइरालाले नेपाल कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अवसरको खोजीमा हजारौँको संख्यामा युवाहरु विदेश गइरहेको, नेपालको कलेजहरु रित्तिदा आफ्नो मनमा चिसो पस्ने गरेको बताइन् । उनले विदेशमा पढ्न गएका मान्छे फेरि फर्किन्छन् त भन्दै प्रश्न समेत गरिन् ।

अचेत नेताहरुको शारीरिक हाउभाउ हेर्दा अलि संकुचित, अलि शिर झुकेको, मन झुकेको रहेको बताउँदै त्यसो हुनु भनेको नेपाली र नेपाल आमा झुकेको उल्लेख गरिन् ।

उनले वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गरिन् । धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपले भरिपूर्ण रहेको नेपालमा नेपालीहरुबिच धेरै मतभेद रहेको र आउँदो पुस्तालाई कस्तो नेपाल दिँदैछौँ भन्दै प्रश्न गरिन् ।

राष्ट्र र राष्ट्रियता भन्दा ठूलो केही नहुने बताउँदै उनले आफू लामो समय भारतमा बसेको बताउँदै त्यहाँका जनतादेखि नेताहरुमा राष्ट्रियताप्रति एकताबद्ध रहेको उल्लेख गरिन् ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर