ताप्लेजुङ ।

ताप्लेजुङ नगरपालिकाबाट बालुवा लिन काबेली नदीतर्फ जॉदै गरेको मे १ त ४७५७ नंको ट्रयाक्टर आज मेची राजमार्गको हेलिप्याडमा दुर्घटना हुँदा नाङखोल्याङका १६ वर्षीय अर्जुन खिम्दिङको मृत्यु भएको छ ।

अनियन्त्रित भएर पल्टिएको सोही ट्रयाक्टरले किच्दा गम्भीर घाइते भएका ट्रयाक्टरका सहचालक खिम्दिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
Views: 155

