Aamsanchar

तिब्र गतिमा सवारी चलाउनु हुदैछ ? ट्राफिकको फन्दामा परिएला है

Author Image
शनिवार, चैत १९, २०७३

शान्तिराम बस्नेत, 
शिवसताक्षी,

संवाद नं. १
ट्राफिक :“बजार क्षेत्रमा किन यति स्पीडमा गाडी चलाएको मानिसको बढी चाप हुन्छ भन्ने थाहा छैन”
लोकल बस ड्राइभर : ‘थाहा नै भएन सर, बजार भनेर”
गाडी चलाएको कति भयो यो ठाउँमा ?
लोकल बस ड्राइभर :२ वर्ष जति भयो
‘ए ! २ वर्ष भयो, यो बजार हो भन्ने थाहा छैन है, अस्ति पनि बजार क्षेत्रमा स्पीड कुदाउँदा सम्झाएको हो, १ हजार तिर्नुस जानुहोस् ।
संवाद नं. २
के को हतार, बजार क्षेत्रमा यति स्पीड गाडी चलाएको ?
६० को स्पीड त छ नि सर ।
लाइसेन्स लिने बेलामा बजार क्षेत्रमा कतिको स्पीडमा गाडी कुदाउनु पर्छ भनेर परीक्षा दिएको छैन ?

हो, यी संवादहरु हुन्, शनिबार बिहान पूर्वपश्चिम राजमाग अन्तर्गत पर्ने माइधार सडकखण्डका । शनिबारका दिन कनकाईमा बिशेष गरेर पूजाआजा गर्न आउने मानिसहरुको बढी चाप हुने कारणले माइधार क्षेत्र बढी अस्तव्यस्त हुनाले सवारी साधनले गति नियन्त्रणमा ध्यान नदिएपछि प्रहरीले उक्त सडकमा कडाइ गरेको थियो । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सवारी गति नाप्ने यन्त्र “¥याडर गन” बाट ९० भन्दा बढी सवारी साधन यसैगरी कारबाहीमा परे ।
सवारी नीति अनुसार बजार क्षेत्रमा ४० किलोमिटर प्रतिघन्टा स्पिड हुनुपर्नेमा ५० सम्मलाई छुट दिएर प्रहरीले गतिमापन गरेको थियो । तर, कतिपय गाडी ८०–९० किलोमिटर प्रतिघन्टाको स्पिडमा कुदेको उनीहरुले भेट्टाए ।


माइधाम सहकार्य यूवा क्लबको अगुवाईमा शुरु भएको सम्भावित घटनालाई न्यूनीकरण गर्ने अभियान अनुरुप उक्त क्षेत्रमा सो कार्यक्रम शुरु गरेको हो । क्लबका अध्यक्ष सूर्य अधिकारीका अनुसार दुर्घटनाको मुख्य कारणमध्ये तीव्रगति भएकाले तीव्र गतिमा गाडी चलाउँदा उक्त सडकखण्डमा दिनहुँजसो दुर्घटना हुने गरेको हो । यसलाई निरन्तरता दिनुपर्छ । अब हामी क्षेत्रीय तथा जिल्ला ट्राफिक कार्यालयसंग समन्वय गरेर आउँदा दिनमा मापसे सेवन गरी सवारी चलाउने, स्पीड गतिमा गाडी चलाउनेलाई विशेष कक्षाको समेत व्यवस्था गर्ने योजना बनाएका छौं ।
यस्ता इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायब निरीक्षक प्रदीप सिंह क्षेत्री भन्छन् : सडक डिभिजन कार्यालयले माइपश्चिम देखि रतुवा पुलसम्मको सडक क्षेत्रलाई बढी दुर्घटना क्षेत्र भएको जान्दाजान्दै पनि एक मान्छे टिप्ने वहानामा गाडीको गति बढाउने, बजार क्षेत्रमा अझ बढी गति लिने भएकाले यस्तो कारवाही थालिएको हो । ‘प्रतिघन्टा ४० किलोमिटरबाट गति बढाउन नपाइने भनेर बोर्ड नै राखिएको छ तर कसैले मान्दैन, त्यसैले गति नापेरै कारबाही गर्न थालिएको हो । निदाएकोलाई उठाउन सजिलो छ, तर निदाएको नाटक गर्नेलाई उठाउन सकिदैंन ।
यता प्रतिघण्टा ८० किलोमिटरमा आएको एक स्र्पोपियोका चालकलाई सवारी किन स्पीडमा कुदाउनु भएको भनेर सोध्दा उनी भन्छन् ः बिराटनगरदेखि काकडभिट्टासम्म बजारै बजार छन् । हामीले कहाँ स्पीड गाडी कुदाउनु ? यो प्रश्नको जवाफले चालकहरु आफैं पनि चेतनाको कमि भएको बुझिन्छ ।
यता, सुरुङ्गा ट्राफिक कार्यालय सुरुङ्गाका नारायण भट्टराईका अनुसार विशेषतः लोकल बसका ड्राइभरहरुले यो नियम बढी उल्लङ्घन गर्ने बताए । गाडीमा ट्राफिक नियमको पालना गरौं भनेर थोत्रो भनाइ राखेर गाडी चैं उड्ने गरी कुदाउने ? त्यस्तो नियम ट्राफिकले बनाएको छ ?
यसअघि पनि अति संवेदनशील मानिएको उक्त सडकखण्डमा ¥याडर गनको प्रयोग गरी सवारी साधन र चालकलाई कारवाही गरेतापनि पछिल्लो दिनहरुमा चेकिङ प्रायः शून्य थियो । अब भने ¥याडर गन प्रयोगमा आएपछि उक्त क्षेत्रमा अब भने सवारी दुर्घटना कम तथा सवारी गति पनि कम हुने विश्वास प्रहरीको छ । मुख्य सडकमा दैनिक करिब १० हजार सवारी आवत–जावत गर्छन् ।
बजार क्षेत्र, चौपाया आवातजावत गर्ने क्षेत्रहरूपमा बढीमा ४० भन्दामाथिको गतिमा सवारीसाधन चलाउन नपाउने कानुनी व्यवस्था छ भएता पनि त्यस नियमको धज्जी उडाउँदैं सवारी चालकहरुले आफ्नो मनपरिमा सवारी चलाउँदैं आएकोमा ट्राफिक तथा माइधाम सहकार्य यूवा क्लबको यो अभियानले दुर्घटना न्यूनीकरणमा पक्कै पनि राहत मिल्नेछ ।

Views: 188

प्रतिक्रिया (०)