Aamsanchar

चुरे क्षेत्रमा तस्करी गर्ने तीनजना समातिए

Author Image
बिहिवार, चैत २४, २०७३

सुनसरी ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित राष्ट्रपति चुरे क्षेत्र संरक्षण समितिको विष्णुपादुका जंगलबाट ढुंगा तस्करी गर्ने तीनजनाको समूहलाई धरान प्रहरीले पक्राउ गरेको छ ।

बुधबार चुरे क्षेत्रको ढुंगा तस्करी गरी ट्याक्टरमा लोड गरेर धरानतर्फ आउँदै गरेका तीनजनालाई प्रहरीले सर्दु खोलाबाट पक्राउ गरेको हो ।

प्रहरीले को१त ६९०५, को२त २८८ र को१त ७६९२ नम्बरको ट्याक्टरसहित चालकहरु धरान–१७ का प्रतीक राई, विकास राई र धरान–११ का सन्तोष शेर्पालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर