Aamsanchar

कुटपिटबाट मृत्यु

Author Image
शनिवार, चैत २६, २०७३

काठमाडौँ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।

शुक्रबार साँझ खानपिन भइरहेका बेला क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत छजनाले बौद्ध बस्ने पेम्वा शेर्पालाई कुटपित गम्भीर घाइते बनाएका थिए । उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न क्याफे सञ्चालक लामालसहित छजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी लागू औषध नाइट्रोभेट ५० पत्ता (एक हजार पाँचसय ट्याब्लेट)सहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी इटहरि विष्णुपुल–८ का रुपेश यादव रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर