झापा- कन्काई नगरपालिका २ स्थित जामुनखाडी प्रजापती कन्काई खानेपानी आयोजनाले पानी बितरण सुरु गरेको छ । २०७३ सालमा निर्माण प्रारम्भ भएको योजनाले पहिलो चरणमा कन्काई नगरपालिका वडा नम्बर १ र २ का ३ सय घरपरिवारलाई बितरण सुरु गरेको हो । यस आयोजनाबाट २ हजार घरपरिवार पानी बितरण गर्न सकिने सचिव निर्मल कुमार खनालले जानकारी दिनुभयो ।
नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको आयोजनामा १५ करोडको बजेट मध्ये ६ करोड निकासा भई खर्च भईसकेको छ । जसबाट पानी ट्याङ्की निर्माण, २० किलो मिटर पाइप बिछ्याउने, फिल्टर निर्माण, बिधुत् बिस्तार तथा ट्रन्सफर्मर ब्यवस्थापन, कार्यालय भवन निर्माणको कार्य सम्पन्न भएको खनालले जानकारी दिनुभयो । यस आयोजनाबाट कन्काई नगरको १ , २ र अर्जुनधारा नगरपालिकाको दहिझोडाका उपभोक्ता लाभान्वित हुने जनाइएको छ ।