Aamsanchar

तेह्रथुममा पहिचानवादीले कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाए

Author Image
बुधवार, असार २६, २०८१

विराटनगर । पहिचानवादीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई कालोझण्डा देखाएका छन् । तेह्रथुमको कार्यक्रममा सहभागी हुन जाँदा बुधबार जिरी बजारमा भेला भएका पहिचानवादीले कालोझण्डा देखाएका हुन् ।

कार्की प्रदेशको नाम कोसी राख्न लविङ गर्ने मध्येका एक हुन् । यसअघि, पनि उनी मुख्यमन्त्री छँदा ओखलढुंगामा कालोझण्डा देखाइएको थियो । पूर्वमुख्यमन्त्री केदार कार्की सवार गाडीमा झापाको दमकमा ढुंगामुढा भएको थियो ।

मुख्यमन्त्री कार्कीको सचिवालयले पहिचान पक्षधरले अवरोध नगर्ने सहमति भएरै मुख्यमन्त्री तेह्रथुमतर्फ गएको जनाएको छ । कोसीको साटो पहिचानमा आधारित नाम राखिनुपर्छ भन्ने मागसहित प्रदेश नं। १ पुनः नामकरण समिति आन्दोलनमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)