अफगानिस्तानमा एक बर्षमा कूल २३ हजार ६९३ लागुऔषध प्रयोगकर्ताहरूलाई चिकित्सा उपचारपछि लागु औषधको लतबाट छुटाइएको अफगानिस्तान सरकार जनस्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक प्रतिवेदनमा जनाएको छ ।
विगतमा कुलतमा फसेका युवाहरूलाई विभिन्न सरकारी र गैरसरकारी सुधार केन्द्रहरूमा राखी सेवा दिइएको थियो । त्यसैगरी, उक्त अवधिमा आठ लाख छ हजार बालबालिका र आमाहरूले खोपहरू पाएका मन्त्रालयका अधिकारी साहिबजादाले बताउनुभयो । यो अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले वृद्धि हो ।
साहिबजादाका अनुसार मन्त्रालयले सो अवधिमा देशभर एक हजार ६१० टन पुराना औषधि, गुणस्तरहीन वस्तु र खाद्यवस्तु सङ्कलन गरी नष्ट गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 54