Aamsanchar

‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

Author Image
आइतवार, भदौ २३, २०८१

काठमाडौं – चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट रिलिज भएको ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

लामो समयपछि युट्युब ट्रेन्डिङको एक नम्बरमा लामो कन्टेन आएको हो । पछिल्ला केही महिना यता युट्युबको ट्रेन्डिङमा सर्ट भिडियोहरू अगाडि आउने गरेको छ । चलचित्र ‘नाङ्गो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा शाक्य, बुद्धि तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर