Aamsanchar

ताप्लेजुङको आठराई त्रिवेणीका विद्यालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने उपकरण जडान

Author Image
मङ्गलवार, भदौ २५, २०८१

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका विद्यालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाभित्रका माध्यमिक र आधारभूत तह सञ्चालन भएका विद्यालयमा प्रयोग भइसकेको सेनिटरी प्याड सुरक्षित व्यवस्थापन गर्ने उपकरण जडान गरेको हो ।

गाउँपालिकाले ‘सुरक्षित महिनावारी, हाम्रो जिम्मेवारी’ भन्ने नारालाई सार्थक बनाउन साथै किशोरीहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी प्रयोग भइसकेको सेनिटरी प्याड सुरक्षित व्यवस्थापन गर्ने उपकरण जडान गरेको हो । गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू ९दीपेन०का अनुसार पालिकाभित्र माध्यमिक तह सञ्चालनमा रहेका सात वटा र आधारभूत तह (कक्षा १–८)सञ्चालनमा भएका आठ गरी १५ वटा विद्यालयमा उपकरण (मेसिन) जडान गरिएको छ ।

महिनावारी सुरु भएका छात्रा अर्थात् किशोरीले मासिक स्राव भएको बेला उनीहरुले प्रयोग गर्ने सेनिटरी प्याड उचित र व्यवस्थित रुपमा विसर्जन गर्नेगरी गाउँपालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष पोमुले बताउनुभयो । उहाँका अनुसार जडान भएका उपकरणको सही व्यवस्थापन र संरक्षणमा ध्यान दिन सम्बन्धित विद्यालय प्रशासनलाई आग्रह गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले सेनिटरी प्याडको प्रयोग र प्रयोग भइसकेपछि सुरक्षित व्यवस्थापन गर्न आवश्यक ठानेर गााँउपालिकाको उक्त काम गरेको बताउनुभयो । सेनिटरी प्याडको प्रयोगपछि सुरक्षित व्यवस्थापन अनिवार्य हुने भएकाले विद्यालयहरुमा प्याड विसर्जन गर्ने उपकरण जडान गरी दिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)