Aamsanchar

वि.सं.२०३० मा भएको विराटनगर विमान अपहरणका विषयमा चलचित्र बन्ने

Author Image
आइतवार, भदौ ३०, २०८१

काठमाडौं – चलचित्र ‘विमान–९एनएबीबी’ निर्माण हुने भएको छ । सत्य घटनाको नजिक रहेर चलचित्र निर्माण हुन लागेको हो ।

वि.सं.२०३० मा भएको नेपालको विमान अपहरण (विराटनगर विमान अपहरण)का विषयमा चलचित्र बन्ने भएको हो । यो नेपालको इतिहासको पहिलो विमान अपहरण हो । उक्त विमान अपहरणको मुख्य नाइके नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला थिए । जो पछि नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री समेत भए ।

उक्त विमान अपहरणको योजना नेपाल राष्ट्र बैंकको विराटनगरबाट काठमाडौंमा ल्याएको पैसा लुट्नु थियो । विमान अपहरणको उद्देश्य नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि सशस्त्र क्रान्ति गर्न पैसा संकलन गर्नु थियो । यो क्रान्ति तत्कालीन राजा महेन्द्रले सुरु गरेको निर्दलीय पञ्चायती शासन व्यवस्थाविरुद्ध थियो ।

चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, अरुण क्षेत्री, चक्र दवाडी, कुशल पाण्डे, शुन्दर धिताल, सुशील सिटौला, लोकेन्द्र लेखक, निकुन श्रेष्ठलगायतको अभिनय रहनेछ ।

चलचित्रको कथा खगेन्द्र लामिछाने र यज्ञस पण्डितले संयुक्त रूपमा लेखेका छन् ।

‘विमान–९–एनएबीबी’लाई लोकेश बज्राचार्यले निर्देशन गर्नेछन् । चलचित्रको निर्मातामा खगेन्द्र लामिछाने र शुलभ बुढाथोकी छन् । सह–निर्मातामा सन्तोष गिरी र सागर खरेल रहेको स्रोतले बताएको छ ।

सोमबार (भोलि) काठमाडौंको शोभाभवगतीमा शुभमुहूर्त हुने चलचित्र अशोज १० देखि मंसिर १९ गतेसम्म छायांकन हुनेछ । छायांकन विराटनगर र काठमाडौंमा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर