Aamsanchar

सोमबारे फुटबल टुर्नामेन्टमा राजगढ एफसी र घैलाडुब्बा युवा क्लब फाइलमा प्रवेश  

Author Image
बिहिवार, कार्तिक ८, २०८१

चारपाने। बिर्तामोड २ को सोमबारेमा आयोजित फुटबल प्रतियोगितामा राजगढ एफसी र घैलाडुब्बा युवा क्लब फाइल प्रवेश गरेका छन् ।

आज भएका दुईवटा सेमिफाइनल खेलमा राजगढले जलथल एफसी र घैलाडुब्बाले दुधे युथ क्लबलाई हराएको हो ।

राजगढले जलथल लाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । खेलको ३८ औँ मिनेटमा राजगढका समुयल तामाङले गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच राजगढका हेमन लिम्बू भए ।

त्यस्तै, आज नै भएको अन्तिम सेमिफाइनल खेलमा घैलाडुब्बाले दुधेलाई टाइब्रेकरमा हरायो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा घैलाडुब्बाले ५–३ गोलले हरायो ।

खेलको प्लेयर अफ द म्याच घैलाडुब्बाका गोल किप्पर समिर विश्वकर्मा भए ।

फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको रहयो ।

खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्षले उमेश राईले बताए ।

प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव खरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर