Aamsanchar

उत्कृष्ट अभिनेता अभिनेत्रीकाे अवार्ड अनमोल र आँचललाई , क–कस्ले पाए अवार्ड ?

Author Image
आइतवार, पौष ७, २०८१

काठमाडौँ – अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा उत्कृष्ट अभिनेता अभिनेत्री ठहरिएका छन् । अमेरिकामा आयोजित प्रथम ‘गोल्डेन नेपाली फिल्म अवार्ड– ०२४’मा अनमोलले फिल्म ‘फर्कि फर्कि’ र आँचलले फिल्म ‘डिग्री माइला’ अभिनयका कारणले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।

क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम, ४०३ सिभिक सेन्टर प्लाजामा आयोजना भएको अवार्डमा सर्वोत्कृष्ट फिल्म दिनेश राउत निर्देशित ‘पुजार सार्की’ घोषित भयो । यही फिल्मबाट निर्देशक राउतले उत्कृष्ट निर्देशक अवार्ड समेत प्राप्त गरे ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मानित भए ।

०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरू समावेश गरिएको अवार्डमा सहभागी हुन करिब दुई दर्जन कलाकार अमेरिका पुगेका छन् ।

अवार्डको जुरीमा नेपालबाट वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ अभिनेता सुनिल थापा, चर्चित अभिनेत्री तथा निर्देशक दीपश्री निरौला, वरिष्ठ छायाँकार गौरीशङ्कर धूजु श्रेष्ठ, अभिनेता सुनिल कटुवाल र वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी रहेका थिए ।

क–कस्ले पाए अवार्ड ?

लाइफ टाइम एचिभ्मेन्ट – शिव श्रेष्ठ

सर्वोत्कृष्ट अभिनेता– अनमोल केसी (फर्की फर्की

सर्वोत्कृष्ट अभिनेत्री– आँचल शर्मा (डिग्री माइला)

पपुलर अभिनेता – प्रदीप खड्का

पपुलर अभिनेत्री – केकी अघिकारी

सर्वोत्कृष्ट फिल्म – पुजार सार्की

सर्वोत्कृष्ट निर्देशक – दिनेश राउत

सर्वोत्कृष्ट लेखन – दीपेन्द्र लामा (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट छायांकन – आलोक शुक्ला (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट सम्पादन – मित्र गुरुङ (उपहार)

सर्वोत्कृष्ट सहअभिनेता – प्रमोद अग्रहरी (अगस्त्य)

सर्वोत्कृष्ट सहअभिनेत्री – वर्षा शिवाकोटी (परदेशी २)

सर्वोत्कृष्ट संगीतकार – प्रकाश सपुत (बोक्सीको घर)

सर्वोत्कृष्ट गायक – एसडि योगी (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट गायिका – समीक्षा अधिकारी (बोक्सीको घर)

जुरी अवार्ड – बोक्सीको घर

कृटिक्स अवार्ड – गाउँ आएको बाटो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर