Aamsanchar

नेपाली चलचित्र ‘देव वाणी’ को पहिलो दिनको व्यापार राम्रो

Author Image
बिहिवार, पौष ११, २०८१

बिर्तामोड ।  पुस १० गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र देव वाणीले पहिलो दिन राम्रो व्यापार गरेको छ । क्रिसमस सार्वजनिक बिदा भएकाले धरै दर्शकले  फिल्म हेरेको फिल्मका कार्यकारी निर्माता मनकुमार लेप्चाले आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटको क्रममा बताए ।

बाबु साहेब बलामीले निर्देशन गरेको चलचित्रमा नायिका अनुजा लेप्चा, नायक कुन्दन भारद्वाज रहेका छन् ।  देशका ४५ वटा चलचित्र घरमा फिल्म लागेको छ ।

२ करोड माथि लगानी रहेको फिल्ममा अभिनेता भारद्वाज र अभिनेत्री लेप्चालाई डेब्यु गराइएको छ । बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा कुन्दन र अनुजाका अलाबा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ ।

प्रेम र एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्क्रिन रोमान्स रहेको छ ।  फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायाङ्कन गरिएको हो। फिल्म नेपाली, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायाङ्कन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुङ्गेल झापाली हुन्।

फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियाग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। मूभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ।

सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गरेको छ । अभिनेता भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’मा अभिनय गरेका छन्। उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।

चलचित्रको निर्माणमा प्राविधिक पक्ष भने केही कमजोरी देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर