काठमाडौं ,
महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् ।
सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् । महानगरको ८८ हजार बढी मत गणना सकिएको छ । जसमा शाक्यले २९ हजार ३६८ मत पाएका छन् भने कांग्रेसका जोशीले २० हजार ३६८ हत पाएका छन् ।
तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले ११ हजार २५७ मत पाउँदा साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 113