मोरङ।

मोरङको ग्रामथान गाउँपालिका-२ स्थित शान्तीचौकबाट प्रहरीले मंगलबार ५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा को ११ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा सहिदभुमी गाउँपालिका-३ छिताङ् बस्ने ३० बर्षिय सर्वजित राई रहेका छन्।

राईलाई प्रहरी चौकी झोराहाटबाट खटिएको प्ररहीको टोलीले विहान ४ बजे पक्राउ गरेको हो। पक्राउ परेका राईलाई प्रहरी चौकी झोराहाटमा राखी थप अनुसन्धान भइरहेको छ।

Views: 115

