काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएको छ ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा प्रचण्डले ‘सफल प्रधानमन्त्रीको रुपमा विदा लिन पाउँदा खुशी छु’ भनेका छन् ।
गत वर्षको साउन १९ गते दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित प्रचण्ड २०६५ साल साउनमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
प्रचण्डले राजीनामा दिएसँगै गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम अब कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 106