ताप्लेजुङ।

ताप्लेजुङको मैवा खोला-३ सिम्ले बस्ने बसन्त थोप्राको घरमा बुधबार आगलागी भएको छ।

विहान ९ बजेतिर बसन्तको छोरा अन्दाजी ५ बर्षिय कुशाल थोप्राले घरमा कोही नभएको अवस्थामा घर नजिकै थुपारेको झ्यासमा आगो लगाउँने क्रममा अचानक आगलागी भएको हो।

आगलागीबाट उनको ढुङगा माटोले बनेको खरको छानो भएको १ तले घर, नगद २० हजार तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगालागी स्थानियबासीहरुको सहयोगमा नियन्त्रणमा लिएको छ।

Views: 162

