ओखलढुंगा।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित हर्कपुर चौकबाट प्रहरीले बिहीबार राती दुर्लभ पंछी हुचिलसहित २ जनालाई पक्राउ गरेको छ।

हुचिलसहित सिद्धिचरण नगरपालिका ११ बस्ने २९ बर्षिय पदम दयाल र सोही नगरपालिका ६ बस्ने ३१ बर्षिय आङकाजी शेर्पालाई पक्राउ गरेको हो।

प्रहरी चौकी हर्कपुरबाट सवारी चेकजाँचको क्रममा ओखलढुंगाबाट काठमाण्डौतर्फ जाँदै गरेको स ४ प ८०५५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुको साथबाट एउटा हुचिल फेला पारी बरामद गरेको हो।

पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
Views: 214

