Aamsanchar

मरेको सिनो काँधमा हालेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं : झाक्री

Author Image
आइतवार, असार १५, २०८२

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी पूर्वसचिव रामकुमारी झाँक्रीले पार्टीमा संकट आएकाले पुनर्गठन गर्नुपर्ने धारणा राखेको बताएकी छन्। पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा संकट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी छन्।

पतञ्जली जग्गा भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा परेपछि नेपालको सांसद् पद निलम्बन भएको र अध्यक्षकै बारेमा संकट आएकाले अर्लि महाधिवेशन गर्नुपर्ने उनको तर्क छ।

 

झाँक्रीले नेपाललाई लक्षित गर्दै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताइन्। ‘पार्टी बनाउने नै हो भने यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं, कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं।’ उनले भनिन्,‘अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर