Aamsanchar

मनोनयन दर्ताको मिति २ दिन पछि सर्‍यो

Author Image
बिहिवार, असार १, २०७४

१ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो ।

यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार  मनोनयन दर्ता हुनेछ ।

आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ ।

Views: 108

प्रतिक्रिया (०)