Aamsanchar

लिभरपुलले ज्यान गुमाएका फरवार्ड डियागोको सम्मानका लागि २० नम्बर जर्सीलाई अब प्रयोगमा नल्याउने

Author Image
शुक्रवार, असार २०, २०८२

काठमाण्डौ – लिभरपुलले कार दुर्घटनामा ज्यान गुमाएका फरवार्ड डियागो जोटाको सम्झना सम्मानका लागि २० नम्बर जर्सीलाई अब प्रयोगमा नल्याउने भएको छ ।

सिजन २०२४–२५ को प्रिमियर लिग उपाधि जित्दा जोटाले महत्वपूर्ण योगदान गरेका र यो इतिहासमा कहिल्यै नमेटियोस् भन्ने हिसाबले २० नम्बरको जर्सीलाई अब प्रयोग नगर्ने क्लबले जनाएको छ ।

स्पेनमा भएको कार दुर्घटनामा २८ वर्षीय फुटबलर जोटा र उनका भाइ आन्द्रे जोटाको ज्यान गएको थियो ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर