Aamsanchar

रसुवामा बाढीमा बगेका ७ जनाको शव फेला, अझै १८ जना सम्पर्कविहीन

Author Image
मङ्गलवार, असार २४, २०८२

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको लेन्दे नदीमा आएको बाढीबाट ७ जनाको शव फेला परेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार अझै १८ जना सम्पर्कविहीन छन्। तीमध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेका छन्।

५५ जनाको उद्धार गरिएको छ गोसाइँकुण्ड गाउँपालिका वडा १,२ र ३,आमाछोदिङ्मो गाउँपालिका वडा १,२,४ र ५,उत्तरगया गाउँपालिका वडा २,४ र ५ र कालिका गाउँपालिका वडा १ प्रभावित भएको छ।

हालसम्ममा नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ। इभी चार्जिङ स्टेशनमा क्षति, ७र८ वटा इभी गाडी बगाएको प्रहरीले जनाएको छ। त्यसैगरी भन्सार कार्यालय रसुवा, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ।

Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर