Aamsanchar

दक्षिण कोरियाले थप दुई जना नेपालीलाई निष्कासन गर्यो

Author Image
बिहिवार, असार २६, २०८२

काठमाडौं –  दक्षिण कोरियाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा कोरियाले उनीहरूलाई निष्कासन गरेको हो।

निष्कासन गरिनेमा सुलभ राई र निर्मल कुमार पाण्डे रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। स्रोतका अनुसार राईलाई थाइ एयरको विमान र पाण्डेलाई कोरियन एयरलायन्सको विमानबाट फर्काइएको हो।

 

यसअघि पनि गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरूलाई दक्षिण कोरियाले निष्कासन गर्दै आएको छ। गत जेठको पहिलो साता दक्षिण कोरिया सरकारले एकैपटक १० जना नेपालीलाई निष्कासन गरेको थियो।

 

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर