Aamsanchar

बहुविवाह र विवाहको उमेरसम्बन्धी व्यवस्था परिमार्जन गर्न उपसमिति गठन

Author Image
मङ्गलवार, साउन २०, २०८२

काठमाडौं –  गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा,चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेक समितिले कानुन परिमार्जन गर्ने बताएका छन्।

 

मंगलबार बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले बहुविवाह सम्बन्धी व्यवस्था र विवाहको उमेर सम्बन्धी व्यवस्था परिमार्जन गर्न विधेयक समितिमै उपसमिति बनाएको जानकारी दिए।

यसैगरी अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवीरमाफी परिर्वतन सम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमै उपसमिति बनाइएको गृहमन्त्रीले बताए।

´बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था,विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र सरकारको सिफारिसमा सम्मानित राष्ट्रपति ज्यूले गर्नुहुने संविधानकै व्यवस्था छ ।” विधयेक समितिका संयोजक समेत रहेका मन्त्री लेखकले भने,`कुनै पनि सजायको माफी मुल्तवी अथवा दण्ड सजायको परिवर्तन सम्बन्धी व्यवस्थालगायतका केही व्यवस्थाहरूमा थप छलफल गरेर संशोधन परिमार्जजन गर्नुपर्ने देखियो ।`

उनले आजको बैठकमा समितिमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानुन गरी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिए।

´उपसमितिले सम्बन्धित मन्त्रालयहरूको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर यो विधयेकलाई संशोधन परिमार्जजन गरेर अगाडि बढाउँछौं ,´लेखकले भने,´बाहिर नागरिकका बिचमा चर्चा, चिन्ता चाँसो व्यक्त भएका छन् । ती सबैलाई विधयेक समितिले संशोधन गरेर यो कानुनलाई परिमार्जन गर्छ । त्यसकारण आज हामीले त्यही निर्णय गरेका छौं ।`

उनले कानुन मन्त्रालय समेत रहने गरी विधेयक समितिको सचिवले आवश्यक समन्वय गर्ने बताए ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर